November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

झापामा कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

दमक । झापामा कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । हिजो बेलुकी दमक नगरपालिका–४ चिया बगानमा अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

कारको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

पैदल हिँडिरहेका उनलाई हिजो बेलुकी सवा ८ बजे बा ९ च ९६७३ नम्बरको कारले ठक्कर दिएको थियो । कारसहित चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

Advertisement