धरान । मोरङमा वडाध्यक्षले चलाएको कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बेलबारी ११ का वडाध्यक्ष विक्रम राईले चलाएको कारको ठक्करबाट मृत्यु भएको यात्रुको अहिलेसम्म सनाखत हुन सकेको छैन ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार शनिबार साँझ पूर्व पश्चिम राजमार्गको दमकस्थित चिया बगान क्षेत्रमा उनले चलाएको ९ च ९६७३ नम्बरको कारले ती र्पैदलयात्रुलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएका ती व्यक्तिको उपचारका क्रममा मृत्यु भएको थियो ।
अहिले वडाध्यक्ष राई प्रहरी नियन्त्रणमा छन् ।