काठमाडौं । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको ११ औँ अधिवेशनको ५७ औँ बैठक बस्न लागेको हो ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजे सुरु हुने भनिएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली काँग्रेसका सांसद प्रदीप गिरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् । हिजोका लागि तय गरिएको बैठक प्रदिप गिरीको निधनको कारण स्थगित गरी आजको लागि आह्वान गरिएको हो ।
आजै राष्ट्रियसभाको बैठकमा पनि प्रतिनिधिसभाका सदस्य गिरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।