November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

पाँचथरमा आफ्नै नाबालिका विद्यार्थीलाई जबरजस्ती करणी गर्ने शिक्षक पक्राउ

पाँचथर, भदौ ७ । पाँचथरमा ५ कक्षामा अध्ययनरत बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

याङवरक गाउँपालिका–४ को एक निजि विद्यालयका २५ वर्षीय शिक्षकले ५ कक्षामा पढ्ने विद्यार्थिलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले शनिवार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको रिम्बिक घर भई सो निजि विद्यालयमा पढाउने बर्ष २५ का सरजित ठटाल रहेको प्रहरिले जनाएको छ ।

Advertisement

पक्राउ परेका शिक्षकलाई जिल्ला अदालत पाँचथरबाट ५ दिनको म्याद थप गरि घटनाकोबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि राकेश थापाले जानकारि दिए ।