August 25, 2026, Tuesday
२०८३ भाद्र ९
1:37:26 pm

यासोकमा निःशुल्क बृहत स्वास्थ्य शिविर सन्चालन हुने

पदम सुखी सम्बाम्फे
२०८३ जेष्ठ ३

कुम्मायक । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा निःशुल्क बृहत स्वास्थ्य शिविर सन्चालन हुने भएको छ । नेपाली सेनाको आयोजना तथा कुम्मायक गाउँपालिकाको व्यवस्थापनमा जेठ १३ र १४ गते शिविर सन्चालन गर्ने शुक्रबार बसेको सर्वपक्षीय भेलाले निर्णय गरेको हो ।

कुम्मायक आधारभूत अस्पतालमा सन्चालन हुने सो शिविरमा सुगर, प्रेसर, क्यान्सर, मुटु रोगी, नाक, कान, आँखा, महिनावारी गडबडी, बाझोपन लगायत शरीरमा हुने विभिन्न रोगको प्रारम्भिक पहिचान गरि निःशुल्क उपचार गरिने डा.एडिक बास्कोटाले जानकारी दिए ।

भौगोलिक बिकटतामा रहेका ज्येष्ठ अशक्त बिरामीलाई प्राथमिकता दिँदै जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक, शिक्षक र विद्यार्थी समेतले उपचारका लागि सहजीकरण भूमिका निर्वाह गर्न सेना किशोर अधिकारीले आग्रह गरे ।

Advertisement

शिविरमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपचार हुनेछ । शिविरमा खर्चको अभावले बर्षौं रोगका कारण थलिएर बसेका कुनै १ जना बिरामी उपचारको लागि नछुटोस् भन्ने उद्देश्य रहेको अधिकारीले बताए । उनले गाउँगाउँ, टोलटोलका बिरामीलाई तत्काल खबर गरि कुम्मायक आधारभूत अस्पतालसम्म बिरामीलाई पु¥याउने वातावरण मिलाउन थप आग्रह गरे । पानी र बिजुली सम्बन्धि निकायको ध्यानाकर्षण गराउदै व्यवस्थापनमा कुनै त्रुटि हुन नदिन पनि डा. बास्कोटाले आग्रह गरे । यो ऐतिहासिक कार्य भएकोेले सबै बिरामीले निशुल्क सफल उपचार पाउनेमा दुईमत नहुने उनको भनाइ छ ।