November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

मन्दिरको दान पेटिका चोरी गर्ने पक्राउ

कास्की । पोखरा महानगरपालिका–२ विन्ध्यवासिनी मन्दिरमा राखिएको नगद सहितको दान पेटिका चोरी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही महानगरपालिका–२५ भोटेक्याम्प हेम्जा बस्ने ३० वर्षीय जिम्मि दोर्जे रहेका छन् ।

जिम्मिलाई उक्त दानपेटिका सहित प्रहरीले पक्राउ गरेको हो ।

उनीउपर जिल्ला अदालत कास्कीबाट चोरी मुद्दामा ५ दिन म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement