November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

श्रीमतीको हत्या गरी फरार व्यक्ति ४ वर्षपछि पक्राउ

धरान । सुनसरीमा श्रीमतीको हत्या गरी फरार व्यक्ति ४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको ईनरुवा नगरपालिका–४ का ३५ बर्षीय बिनोद कुमार खत्वे रहेका छन् ।

उनी २३ बर्षीया अनिता देवी खत्वेको हत्या गरी फरार रहेका थिए । २०७४ साल जेष्ठ ४ गते राती श्रीमतीको हत्या गरी घटनास्थलबाट नै फरार रहेका खत्वेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले गत सोमबार साँझ पक्राउ गरेको हो ।

श्रीमतीको हत्या आरोपमा पक्राउ परेका खत्वेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement