विराटनगर । मोरङ, विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाँटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्रामसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरी ईटहरी उपमहानगरपालिका–८ बस्ने २९ वर्षीय दिपक बस्नेत समेत २ जना रहेका छन् । उनीहरुालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१५ प ३८५९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।