November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या गर्ने पक्राउ

दमक । झापामा श्रीमतीको हत्या गर्ने एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका–६ का ४० बर्षीय नाईके हस्दा रहेका छन् ।

प्रहरीका अनुसार गत सुक्रवार राती नाईके हस्दाले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती ३५ बर्षीया तालामाई हस्दालाई धारिलो हतियार प्रहार गर्दा घटना स्थलमै मृत्यु भएको थियो । श्रीमतीको हत्या गरी फरार रहेका हस्दाको खोज तलासको क्रममा कचनकवल गाउँपालिका १ स्थित नेपाल भारत सिमा नजिकबाट प्रहरीले हिजो बिहान पक्राउ गरेको हो ।

पक्राउ परेका हस्दाको जिल्ला प्रहरी कार्यालय झापाबाट अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement