November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

श्रोत नखुलेको १३ लाख ६० हजारसहित एकजना पक्राउ

दमक । झापाको झापा गाउँपालिका–१ बाट श्रोत नखुलेको नेपाली रुपैयाँसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका–१ का ५४ बर्षीय तेज बहादुर गणेश रहेका छन् ।

उनलाई गत शुक्रवार इलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट खटिएको प्रहरी गस्ति टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा पक्राउ गरेको हो । उनले बोकेको २ वटा प्लास्टिकको झोला संका लागि चेकजाँच गर्दा झोलाभित्र प्लास्टिकको बोरामा लुकाई राखेको नेपाली रुपैया १ हजार दरको नोट ९ सय थान, ५ सय दरको नोट ८ सय थान र १ सय दरको नोट ६ सय थान गरी जम्मा १३ लाख ६० हजार श्रोत नखुलेको रुपैया बरामद गरेको हो ।

श्रोत नखुलेको रुपैयासहित पक्राउ परेका गणेशलाई बरामद भएको रकम सहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाईएको र अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement