November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

आयोजना सञ्चालन गर्दा जनताले दुःख पाउनु भएनः सहरी मन्त्री चौधरी

काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले आयोजना सञ्चालन गर्दा जनताले दुःख पाउन नहुने धारणा राखेका छन् ।

सैंबु नख्खुडोल जग्गा एकीकरण आयोजनाको नव निर्मित सामुदायिक भवनको उद्घाटन गर्दै मन्त्री चौधरीले भने, ‘समयमै निर्माण कार्य नसकिँदा जनताले अनेक खाले समस्या झेल्नुपरेको छ । आयोजनाहरू जनताको मनोविज्ञान बुझेर सञ्चालन गर्नुपर्छ, जसले गर्दा जनताले लाभ लिन सकुन् । जनताले दुःख पाउनु भएन ।’

आयोजनाको योजना बुन्दा जनतालाई हुने लाभ हेरिनुपर्नेमा जोड दिएका मन्त्री चौधरीले सबै पक्ष जिम्मेवार भएर आयोजना सम्पन्न गर्न एक जुट हुनुपर्ने धारणा राखेका थिए ।

Advertisement

उक्त कार्यक्रममा मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठ, काठमाडौं विकास प्राधिकरणका प्रमुख विकास आयुक्त जानुका ढकाल लगायतको उपस्थिति थियो ।