विराटनगर । हातहतियार तथा खरखजाना मुद्धाका फरार प्रतिवादी सुनसरीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उप–महानगरपालिका–१५ सुनसरीका २९ बर्षीय देवि बहादुर लिम्बु रहेका छन् ।
लिम्बुलाई गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरीएको प्रहरीले जनाएको छ । लिम्बु सम्मानित जिल्ला अदालत सुनसरीको मिति २०७८।०९।०८ गतेको सजाय निर्धारण फैसला आदेशले ५ महिना ३ दिन कैद र ५ हजार जरिवाना बेरुजु रहि फरार रहेका थिए ।
पक्राउ परेका लिम्बुलाई कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला कारागार सुनसरीमा बुझाईएको प्रहरीले जनाएको छ ।