November 14, 2026, Saturday
२०८३ कार्तिक २८
1:37:26 pm

जबरामाथिको बयान सकियो, समितिले भोलि फेरि लिने

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसदको महाभियोग सिफारिस समितिले बिहीबार फेरि बयान लिने भएको छ। आज राणासँगको बयान नसकिएपछि उनलाई बिहीबार बिहान ११ बजे फेरि बोलाइएको हो ।

राणालाई सोध्न तयार पारिएको ४३ प्रश्नमा आज ४ वटा प्रश्न मात्र सकिएको समितिले जनाएको छ ।

समितिको बैठकमा राणाले आफूमाथि महाभियोग लाग्नुमा स्वार्थ्य समूहको गठजोड भएको बताएका छन्। बयान दिने क्रममा उनले महाभियोग  प्रस्ताव आउनुका पछाडि विभिन्न व्यक्तिको स्वार्थ जोडिएको टिप्पणी गरेका छन् ।

Advertisement