विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले विभिन्न मुद्धाका फरार प्रतिवादी ३ जनालाई पक्राउ गरेको छ । फरार प्रतिवादी खोजतालासको क्रममा प्रहरी टोलीले गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा शिवसताक्षी गाउँपालिका-८ झापाका ३७ बर्षीय दिप्सन लावती, सुन्दर हरैचा नगरपालिका-७ मोरङका २५ बर्षीय सुरज परियार र धरान उप-महा नगरपालिका-४ सुनसरीका ४९ बर्षीय महेन्द्र बहादुर थापालाई पक्राउ गरेको हो।
दिप्सन लावती सम्मानित सर्वोच्च अदालतको मिति २०६५।११।२३ गतेको फैसलाले सम्मानित पुनरावेदन अदालतबाट भएको फैसला सदर भई जन्म कैद ठहरेको कर्तब्य ज्यान मुद्धामा फरार रहेको र उनलाई RIT समुह र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
त्यस्तै, परियार लागु औषध मुद्धामा जिल्ला अदालत सुनसरीको मिति २०७५।११।२६ गतेको सजाय निर्धारण फैसला आदेशले २५ दिन कैद, २ हजार रुपैया जरीवाना र थापा सवारी ज्यान मुद्धामा जिल्ला अदालत मोरङको मिति २०७७।११।०९ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना ५ दिन कैद र २ हजार रुपैया जरीवाना बेरुजु रहि फरार रहेका थिए ।
पक्राउ परेका तीनै जनालाई अदालतको आदेशले कैद भुक्तानको लागी कारागार पठाईएको प्रहरीले जनाएको छ ।