काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको बैठक ३ बजे बस्ने भएको छ । यसअघि १ बजे बस्ने भनिएको बैठक ३ बजेका लागि सारिएको हो ।
सिफारिस समितिले बिहीबारको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आरोपित गरेका न्यायाधीश र कानुन व्यवसायीसँग छलफल गर्ने तयारी गरेको थियो । तर, सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र पूर्वप्रधानन्यायाधीशहरुले सिफारिस समितिमा उपस्थित नहुने बताइसकेका छन् ।
स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीशहरु नआउने भएपछि कानुन व्यवसायीसँग ३ बजेपछि छलफल गरिने भएको हो ।