November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

के हो एमडिएमएस ?

काठमाडौं । मोबाइल सेटको गैरकानूनी आयात, विक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपाल भित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न नेपाल दूरसञ्चार प्राधिकरणबाट एमडिएमएस (मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) प्रणाली लागु गरेको छ ।

प्राधिकरणले आज मिति २०७९ भाद्र ३० गतेसम्म विदेशबाट व्यक्तिगत तवरले ल्याईएका मोबाइल सेट लगायत आजको मितिसम्म चालु रहेका सबै मोबाइल सेटहरु स्वतः एमडिएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाईएको छ ।

प्राधिकरणले २०७९ भाद्र ३० पश्चात मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणका एमडिएमएस प्रणालीमा दर्ता भए÷नभएको यकिन गरेर मात्र खरिद गर्न अनुरोध गरेको छ । साथै, मोबाइल आयातकर्ता÷विक्रेताहरुले मोबाइल आयात गर्नु अघि अनिवार्य रुपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइलमात्र विक्री वितिरण गर्न जानकारी गराएको छ ।

Advertisement