काठमाडौं । अर्काको नाममा ट्रायल परीक्षा दिन लागेको अवस्थामा एकजना पक्राउ परेका छन् । दोलखा घर भएका पारस भट्टराईको नाममा चार पाङ्ग्रे सवारीको ट्रायल परीक्षा दिन लागेको अवस्थामा धादिङ गजुरी गाउँपालिका–६ घर भएका २६ वर्षीय सबिन अधिकारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
चन्द्रागिरी नगरपालिका–५ गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयको ट्रायल परीक्षा दिने ट्रायल सेन्टरमा ती व्यक्तिको नाममा ट्रायल परीक्षा दिन लागेका उनलाई उक्त स्थानमा खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई प्रहरी प्रभाग बलम्बुमा राखी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।