काठमाडौं । पूर्व एनआरएनए आइसीसी अध्यक्ष डा बद्री केसीले ‘जाउँ गुरु एप’ ले धेरै कुरा शेयर गर्ने बताए । आइतबार काठमाडौंस्तिथ होटलर्याडिशनमा ‘राइड सेयर एप जाउँ गुरु’ को औपचारिक उद्घाटन कार्यक्रममा शुभकामना दिने उक्रमा डा केसीले यस एपमा ‘सर्भिस प्रोभाइडर’, सुरक्षा, गुणस्तर जस्ता धेरै विविधता भएको बताएका हुन् ।
जाउँ गुरु एपले ट्याक्सीको मूल्य घटाउने पनि डा केसीले बताए । ‘ट्याक्सी ड्राइभरले यात्रुलाई पु¥याइएर फर्किने क्रममा खाली फर्किनु पर्दैन । त्यसो हुँदा क्याक्सीको कस्ट घट्छ भने ट्याक्सी ड्राइभरको इनकम बढाइदिन्छ ।’, डा केसीले भने ।
डा. केसीले ट्याक्सीको गुणस्तरमा परिवर्तन ल्याउनुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘विदेशबाट आएका पर्यटकहरुलाई हाम्रो ट्याक्सी चिनाउन लाजमर्दो हुन्छ । अब यस एपमा अति “लक्जरियर्स ड्राइभर”लाई एड गराउनुपर्यो।
जाउँ गुरु प्रा.लि.ले आइतबार एक कार्यक्रमबीच ‘जाउँ गुरु’को औपचारिक उद्घाटन गरेको हो । यस कम्पनीमा तीन युवाहरु इन्द्रहाङ लिङ्देन, खुसी लिम्बु र दिवाकर अर्यालको सामूहिक लगानी रहेको छ । कार्यक्रममा डा केसीसँगै अभिनेत्री करिश्मा मानन्धर, अभिनेता दयाहाङ राई र चलचित्र निर्माता तथा साहित्यकार उपेन्द्र सुब्बाले पनि आफ्नो भनाइ राखेका थिए ।