काठमाडौं । नेपाली काँग्रेसको संकल्प पत्र सार्वजनिक कार्यक्रम स्थगित भएको छ । सोमबारका लागि तय गरिएको कार्यक्रम स्थगित गरिएको हो ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को सङ्कल्प पत्र आज बिहान साढे १० बजे पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्ने तय भएको थियो ।
आजको लागि तय गरिएको कार्यक्रम स्थगित भएसँगै संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम अनिश्चित बनेको छ । अर्को कार्यक्रमको मिति तय भएको छैन ।