November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

रानीपोखरी र अञ्जली दिदीकोमा भाइटीका लगाउने लर्को

२०७९ कार्तिक १०

काठमाडौं । काठमाडौंको रानीपोखरीको मध्यभागमा रहेको वालगोपालेश्वर मन्दिर र २०५५ सालदेखि निरन्तररुपमा सामूहिक भाइटीका लगाउँदै आएकी अञ्जली दिदीको भाइटीका लगाउने लर्को लागेको छ ।

भाइटीका भनेको लिनु र दिनु मात्र नभई श्रद्धा, माया र भावना साटासाट गरेको मनाउने उत्सव हो भन्नुहुने अञ्जली दिदी लामो समयदेखि सामूहिक भाइटिका लगाउँदै आएकी हुन् ।

हरेक वर्ष दिदीबहिनी नभएका दाजुभाइलाई उनले टीका लगाउँदै आएकी छन् । यस वर्ष पनि अञ्जली दिदीले दुई सयभन्दा बढी दाजुभाइलाई भाइटीका लगाइदिइन ।

Advertisement

त्यस्तै, दाजुभाइ तथा दिदीबहिनी नहुनेले रानीपोखरीस्थित बालगोपेश्वर मन्दिरमा गएर भाइटीका ग्रहण गरेका छन् । बिहीबार बिहानैदेखि रानीपोखरीमा भाइटीका लगाउनेको भीड लागेको थियो ।-तस्विरः गोरखापत्र