नुवाकोट । रसुवामा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । रसुवाको जिवजिवेबाट काठमाडौंतर्फ आउदै गरेको बस कालिकास्थानभन्दा तल दुर्घटना भएको हो ।
काठमाडौंमा संचालित कान्तिपुर यातायातको बा ३ ख ६०३५ नम्बरको बस रसुवाको जिवजिवेबाट काठमाडौं जाने क्रममा कालिका गाउँपालिका २ कालिकास्थानमुनिको घुम्तीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ४ जना घाइतेको नुवाकोट जिल्ला अस्पताल त्रिशुलीमा उपचार हुन नसकेपछि काठमाडौंस्थित ट्रमा सेन्टरमा थप उपचारका लागि ल्याइएको छ ।
घाइते हुनेमध्ये २ जना नुवाकोट किस्पाङ वडा नं २ र ५ का छन् ।
बसमा ३५ देखि ४० जना सवार रहेको बताइएको छ । बसभित्र रहेका अन्य घाइतेहरूलाई स्थानीय मेडिकलमा उपचार भइरहेको बताइएको छ । बसका चालक भने दुर्घटनापछि फरार छन् ।