काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले चुनावपछि काँग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताए । सोमबार बिहान बानेश्वरमा भएको एक कार्यक्रममा बोल्दै उनले मुलुकमा राजनीतिक स्थायित्व कायम गरेर बाँकी रहेका कामहरू गर्नका लागि काँग्रेस नेतृत्वकै सरकारको आवश्यकता रहेको उनले बताएका हुन् ।
उनले भने, ‘राजनीति अस्थिर हुँदा जनताले चाहेको जस्तो जीवनस्तरमा परिवर्तन आउन सकेको छैन । अस्थिर राजनीतिले सुशासन हुन सकेन । भ्रष्टाचारले सीमा नाघेको छ। प्रशासनिक निकाय पनि सिष्टममा चल्न सकेको छैन ।’
भ्रष्टाचार अन्त्यका लागि काम गर्नुपर्ने बताउदै सिंहले विधिको शासन सञ्चालनका लागि काँग्रेसका उम्मेदवारका पक्षमा मतदान गर्न पनि आग्रह गरे ।