काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता एवं तनहुँ–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले युवालाई विदेशिन नपर्ने, रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिने बताए । सोमबार तनहुँको देवघाट गाउँपालिका–४ सिन्च्याङगढी, गाईघाट, मोहोरियामा आयोजित मतदाता भेटघाटका क्रममा वरिष्ठ नेता पौडेलले देशलाई सुशासन दिएर विकास गरेर देशमै रोजगार सिर्जना गर्ने बताएका हुन् ।
‘जनतालाई अहिले चाहिएको विकास हो, हामी विकासका लागि प्रतिबद्ध छौं । देशलाई सुशासन दिएर विकास गरेर युवालाई विदेशिननपर्ने, रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिन्छौं ।’, पौडेलले भने ।
नेता पौडले शुक्रबारदेखि तनहुँमा चुनावका लागि घरदैलो कार्यक्रममा व्यस्त छन् । पौडलेले शनिबार देवघाट गाउँपालिका–१ र २ को खाल्टे, बैदी, कोटा, आइतबार देवघाट गाउँपालिका–५ कालिमाटी लगायतका ठाउँमा घरदैलो गरेका थिए । पौडेलको घरदैलो अभियान कात्तिक १५, १६ र १७ गते आँबुखैरेनी तथा १९, २० र २१ गते बन्दीपुर गाउँपालिकामा सञ्चालन हुनेछ ।
पौडेलले वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट तनहुँ १ प्रदेश २ का उम्मेदवार हरिबहादुर चुमानले उपलब्धि रक्षाका लागि गठबन्धन गरिएको र गठबन्धनले निर्वाचन जित्नुपर्ने बताए ।