November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

नक्कली करारनामा बनाई ४ करोड ५० लाख ठगी, एक युवा पक्राउ

२०७९ कार्तिक १७

काठमाडौं । नक्कली करारनामा बनाई ठगी गरेको अभियोगमा एक युवा बुधबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा वीरगंज महानगरपालिका–१७ घर भई सोही महानगरपालिका–१४ पिपरा बहुअरी बस्ने ३६ वर्षीय नौसद अन्सारीलाई रहेका छन् ।

प्रहरीका अनुसार नौसद अन्सारी समेतले काठमाडौं महानगरपालिका–१३ सोल्टीमोडमा रहेको जाकिर हुसेन अन्सारी र नौसद हुसेन अन्सारीको नाममा रहेको जग्गा किर्ते हस्ताक्षर गरी नक्कली करारनामा बनाई घरेलु तथा साना उद्योग कार्यालय काठमाडौं र कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा उक्त नक्कली करारनामा पेश गरी हिमालयन होटेल प्रालि नामक कम्पनी दर्ता गराई उक्त होटलमा लगानी गर्नको लागी भन्दै पटकपटक गरी नगद ४ करोड ५० लाख रुपैयाँ ठगी गरेका हुन् ।

ठगी गर्ने कार्यमा संलग्न उनलाई पर्सा वीरगंज महानगरपालिका–८ प्रतिमाचोकबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

उनलाई आवश्यक कारवाहीको लािग जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।