November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

चार दिन नेपाल-भारत सीमा नाका बन्द

२०७९ कार्तिक १९

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि ४ दिन नेपाल–भारत सीमा नाका बन्द गरिने भएको छ ।

शनिबार रुपन्देहीको छपियामा सम्पन्न नेपाल–भारत सिमावर्ती जिल्लाहरुको सुरक्षा समन्वय बैठकले मंसिर १ गते राति १२ देखि ४ गते राति १२ बजेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

बैठकमा नेपालका तर्फबाट जिल्ला प्रशासन कार्यालय रूपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरु र भारतकातर्फबाट सिद्धार्थनगर र महाराजगन्ज जिल्लाका डिष्ट्रिक मजिष्ट्रेड (जिल्ला अधिकारी) सहितका सुरक्षा प्रमुखहरु सहभागी भएका थिए ।

Advertisement