November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

सिन्धु सामुदायिक विकास केन्द्रको पन्ध्रौं साधारण सभा सम्पन्न

२०७९ कार्तिक २१

सिन्धुली। सिन्धु सामुदायिक विकास केन्द्रको पन्ध्रौं साधारण-सभा तथा देउसी भैलो सम्मान कार्यक्रम स्म्पन्न भएको छ । सिन्धुलीको दुधौली स्थित आँपडाँडामा सभा सम्पन्न भएको हो।

कार्यक्रममा मुख्य अतिथि दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीले दुधौली आसपासका समुदायको विकासमा सिन्धु सामुदायिक विकास केन्द्र उदाहरणीय संस्थाको रूपमा स्थापित रहेको चर्चा गर्दै केन्द्रले सम्पन्न गरेका जनचेतना, खेलकुद, कृषि उत्थान, साँस्कृतिक तथा शैक्षिक उन्नयनका कार्यहरूबाट अन्य सेवामूलक संस्थाहरूले पनि सिको गर्नुपर्ने बताए ।

सिन्धु सामुदायिक विकास केन्द्रले गरेका सबै अभियानमा आफ्नो सक्दो साथ-सहयोग रहने कुरा व्यक्त गर्दै मेयर अधिकारीले केन्द्रको निर्माणाधीन भवनमा थप एक तला थप्न तथा केन्द्र कै पहलमा निर्माणाधीन फुटवल मैदान सम्पन्न गर्न नगरपालिकाबाट बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।

Advertisement

कार्यक्रममा (रोशन खत्रीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै दुधौली स्पोर्ट क्लवलाई आर्थिक सहयोग, खेल मैदान निर्माण, क्रियापुत्री भवन निर्माण, मन्दिर परिसरमा टायम बिछ्याइएको, अशक्त, असहाय तथा सुत्केरीको लागि निशुल्क एम्बुलेन्स सेवा प्रदान, वरबिपल चौतारीमा खानेपानीको धारो जडान, विपन्न वर्गलाई आर्थिक सहायता गर्ने कार्यक्रम अन्तर्गत राम बहादुर परियारलाई क्रिया खर्च सहयोग गरिएको लगायतका जनसेवा तथा भौतिक निर्माण सम्बन्धी गतिविधि वारे जाकारी दिएका थिए ।

साधारण-सभाबाट टिकाराम खत्री (रोशन) को अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमित सर्वसम्मत चयन गरिएको छ । नवनिर्चाचित कार्य समितिमा निर्पध्वज राउत उपाध्यक्ष, जनक थापा सचिव, मिनबहादुर खड्का सह-सचिव, कोपिला कटुवाल कोषाध्यक्ष लगायत रहेका छन् ।

निवर्तमान अध्यक्ष निर्पध्वज राउतको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष सहितका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय समाजसेवी समेतको उपस्थिति रहेको कार्यक्रममा देउसी-भैलो कार्यक्रमका उत्कृष्ट दाताहरूलाई दोसल्ला तथा प्रशंसापत्र सहित सम्मान समेत गरिएको थियो ।