काठमाडौं । मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार डा.शेखर कोइरालालाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारी दिएका सुशील खड्काले आफ्नो उम्मेदवारी निस्कृय बनाएका छन् ।
केही दिनअघि बहुजन शक्ति पार्टीका उम्मेदवार नारायण पासवानले उम्मेदवारी निस्कृय बनाएर कोइरालालाई सघाउने घोषणा गरेका थिए । कोइराला निवासमा मंगलबार बिहान आयोजित संक्षिप्त कार्यक्रममा खड्काले कोइरालालाई सघाउने घोषणा गरेका हुन् ।
स्वतन्त्र युवा समूह गठन गरेर उनले सामाजिक कार्य गर्नुका साथै राजनैतिक खबरदारी गर्दै आएका थिए । युवा शक्तिको व्यवस्थापन, ३० लाख हेक्टर कृषि क्षेत्र निर्धारण, विराटनगरको कोशी राजमार्ग पश्चिमका वडाको समान विकासको पहुँच पु¥याउनेसहित राष्ट्रिय एजेण्डा उठाइदिने शर्तमा डा.कोइरालालाई समर्थन गरेको खड्काले जानकारी दिए ।