November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

पूर्वमन्त्री एवं कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको निधन

काठमाडौं। पूर्वमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको निधन भएको छ। पछिल्लो समय दमको समस्या बढेपछि काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको आइतबार राति पौने १० बजे निधन भएको हो।

८० वर्षको उमेरमा निधन भएका खरेल नेपाली राजनीतिका शिखर पुरुषहरू बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहसँग निकट रहेका थिए भने विसं २०५६ को आम निर्वाचनमा काभ्रेबाट संसद सदस्य निर्वाचित भएका थिए। संसदीय यात्राका क्रममा उनी शिक्षा राज्यमन्त्री हुँदै महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीसमेत बनेका थिए।

स्वर्गीय खरेलको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजेदेखि ११ बजेसम्म ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा राखिनेछ। केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पण गरेपछि दिउँसो १ बजे पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिनेछ।

Advertisement