काठमाडौं । काठमाडौमा अवैध लागूऔषध सहित पक्राउ दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–७ बस्ने ३६ वर्षीय प्रज्वल देउलासमेत दुई जना रहेका छन् ।
उनीहरुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा उनीहरुलाई महानगरपालिका–३२ कोटेश्वर बालकुमारीबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ सय ३९ ट्याब्लेट, डाइजेपाम ६ सय ६५ एम्पुल, नुफिन ७ सय १६ एम्पुल, फेनारगन ८ सय ५२ एम्पुल, नगद ९२ हजार २ सय ८० रुपैयाँ, १ थान स्कुटर र ५ थान मोबाइल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।