November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

पाँचथरबाट ४७ मतान्तरले एमालेका बसन्त नेम्वाङ निर्वाचित

पाँचथर । पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका बसन्तकुमार नेम्वाङ झिनो मतान्तरले निर्वाचित भएका छन् । उनले नेपाली काँग्रेसका भीष्मराज आङ्देम्बेलाई ४७ मतान्तरले पराजित गर्दै फेरि निर्वाचित भएका हुन् ।

मतगणना अनुसार नेम्वाङले ३२ हजार ११० मत प्राप्त गर्दा आङ्देम्बेले ३२ हजार ६३ मत पाए । जम्मा ७५,३५२ मत खसेको थियो । नेम्वाङ यसअघि पनि सोही क्षेत्रबाट सांसद थिए ।

Advertisement