November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

विकिनी किलर शोभराजलाई अध्यागमनले पठायो फ्रान्स, १० वर्षसम्म नेपाल आउन प्रतिबन्ध

काठमाडौं । जेलमुक्त भएका विकिनी किलर चार्ल्स शोभराजलाई आजै फ्रान्स पठाइएको छ । सर्वोच्च अदालतको फैसलाबाट केन्द्रीय कारागारबाट हिरासतमुक्त शोभराजलाई अध्यागमन विभागले साँझको छ बजे फ्रान्स पठाएको अध्यागमनले जनाएको छ ।

शुक्रबार साँझ ६ बजे कतार एयरवेजमा राखेर लगेको शोभराजलाई अध्यागमन विभागले उनलाई नेपालमा १० वर्षसम्म आउन नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

बुधबार सर्वोच्च अदालतले १९ वर्ष दुई महिना जेल सजाय भोगिसकेका शोभराजलाई कैदमुक्त गर्न आदेश दिएको थियो । सम्भव भएसम्म त्यही दिन कैदमुक्त गर्न आदेश दिए पनि कागजी प्रक्रियाका कारण ढिलाइ भएको थियो । कागजी रूपमा हिजै कैदमुक्त भएपनि उनी त्यहीँ बसेका थिए ।

Advertisement