काठमाडौं । सत्ता गठबन्धन जोगाउन नसकेको भन्दै नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाको राजीनामा दिनुपर्ने बताएका छन् ।
घिमिरेले देउवाले पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने बताउदै सामाजिक सन्जालमा लेखेका छन्, ‘सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजिनामा दिनुपर्छ । हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ?’
राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइने पनि उनले बताएका छन् ।