November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

रवि लामिछाने गृह मन्त्री बन्ने पक्का

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृह मन्त्री बन्ने भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्री तथा गृहमन्त्री हुने भएका हुन् ।

स्रोतका अनुसार गृह मन्त्रालयमा दावी गरिरहेका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने गृह मन्त्रालय नपाउने पक्का भएको छ । श्रेष्ठले परराष्ट्र वा भौतिक पूर्वाधार मन्त्रालयमध्ये एक रोज्नुपर्ने विकल्प छ ।

सोमबार दिउँसो ४ बजे प्रचण्डले प्रधानमन्त्रीको शपथ लिँदा केही मन्त्रीहरुले पनि शपथ लिने भएका छन् ।

Advertisement