November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

सन्दीप लामिछानेको मुद्दामा सुनुवाई हुँदै

काठमाडौं । सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाई हुँदैछ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा मुद्दाको सुनुवाइ सुरु भएको जनाईएको छ ।

अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा पठाइएका लामिछानेको मुद्दा मंगलबार पेसीमा चढेको थियो ।

एक किशोरीले दिएको जाहेरीका आधारमा प्रहरी प्रतिवेदनबाट सरकारले गत कात्तिक १४ गते सन्दीपविरुद्ध मुद्दा चलेको हो । अहिले उक्त मुद्दा काठमाडौं जिल्ला अदालतमा छ ।

Advertisement