November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

काँग्रेसको हातबाट सत्ता गयो भन्ने मात्रै हैन, मलाई व्यवस्था र राष्ट्रको चिन्ता भएको छ : नेता पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई फेरि पनि अहिलेको ब्यवस्था र राष्ट्रको चिन्ता लागेको बताए । मंगलबार एक अन्तक्रिया कार्यक्रममा बोल्दै नेता पौडेलले काँग्रेसको हातबाट सत्ता गयो भन्ने रुपमा मात्रै नहेरेको बताएका हुन् ।

प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व नामक अन्तक्रिया कार्यक्रममा बोल्दै पौडलले भने, ‘अहिले गठबन्धन बनाएर अलि स्थायित्व दिउँला भनेको फेरि यो भत्किएको छ । यो भत्किएको कुरालाई मैले काँग्रेसको हातबाट सत्ता गयो भन्ने रुपमा मात्रै हेरेको छैन । को मान्छेले को पद पाउने भो भन्ने रुपले मैले हेरेको छैन । मलाई फेरिपनि ब्यवस्थाको चिन्ता छ, मलाई फेरिपनि राष्ट्रको चिन्ता छ ।’

यस्तै नेता पौडेलले बाहिर देशहरुबाट फैलिरहेका संक्रामक रोगहरुको नियन्त्रण तथा अर्थतन्त्रको सबलीकरण गर्नका लागि राष्ट्रिय सहमती हुनुपर्ने जोडदिएका छन् । राजनीतिक, आर्थिक, स्वास्थ्य, समाजिक र मानविय समस्याहरुले हामीलाई घेरिरहेको बताउदै यस्तो अवस्थामा हामीले आफ्नो लागि बाच्ने उपाय राष्ट्रिय सहमती रहेको उनले बताए ।

Advertisement