धरान । सुनसरीको धरान उपमहानगर पालिका-१३ स्थितबाट लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान-१३ का ४७ बर्षीय पर्शुराम गुरुङ रहेका छन् ।
उनलाई बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयले आइतबार राती पक्राउ गरेको हो गुरुङको घरमा खानतालसी गर्दा घरमा र को.१ ह १८५६ नम्बरको अटो टेम्पोमा समेत लुकाई छिपाई राखेको १७ किलो २०० ग्राम गाँजा बरामद गरेको हो ।
लागुऔषध गाँजासहित पक्राउ परेका गुरुङको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।