August 27, 2026, Thursday
२०८३ भाद्र १२
1:37:26 pm

प्रचण्डलाई विश्वासको मत दिन रास्वपाका सांसदहरूलाई ह्वीप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन सांसदहरूलाई ह्वीप जारी गरेको छ । विश्वासको मतका लागि आज हुने मतदानमा प्रचण्ड नेतृत्वको सरकारलाई मत दिन पार्टीले ह्वीप जारी गरेको हो।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको रास्वपाका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेर सरकारमा गएका छन्। प्रतिनिधि सभामा रास्वपाका २० जना सांसद छन्।

प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि अहिले बिहान ११ बजे बस्ने भनिएको संसद बैठक दिउँसो १ बजेसम्मका लागि सरेको छ।

Advertisement