काठमाडौं। नेपाली काँग्रेसले सांसद्हरुलाई काठमाडौं नछाड्न ह्विप जारी गरेको छ।सभामुख, उपसभामुखको निर्वाचन र भैपरी आउनसक्ने राजनीतिक परिस्थितिलगायतका कारण काँग्रेसले आफ्ना सांसद्हरुलाई माघ ९ गतेसम्म काठमाडौं नछाड्न ह्विप लगाएको हो ।
यदि सांसद्हरुले विशेषकारण काठमाडौं उपत्यका बाहिर जानुपरे पार्टीलाई जानकारी दिएर मात्र जान भनिएको काँग्रेस स्रोतले जनाएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक आगामी माघ ५ गते बिहान ११ बजे बस्नेछ र सोही दिन सभामुखको निर्वाचन हुने ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले हिजो बसेको प्रतिनिधि सभा बैठकमार्फत बताएका थिए। यस्तै ९ माघसम्म उपसभामुखको पनि निर्वाचन गराउने तयारी रहेको छ।