काठमाडौं । आइतबार पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनामा परि मृत्यु हुनेहरुको सम्झनामा माइतीघरमा दीप प्रज्वलन गरिएको छ । मृत आत्माप्रति चीरशान्तिको कामना गर्दै सोमबार काठमाडौंको माइतीघरमा दीप प्रज्वलन गरिएको हो ।
एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल, यस टुगेदर वी क्यानलगायत विभिन्न संघ÷संस्थाहरुले मृतकको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका हुन् ।
पोखराको भएको विमान दुर्घटनामा ६८ जना यात्रु र ४ जना विमान चालक दलसहित ७२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।