काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुखमा आफ्नो दलबाट उम्मेदवारी दिने तयारी गरेको छ । आज विहान सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित् डेरामा बसेको पदाधिकारी बैठकले सभामखुमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
कांग्रेसले सभामुखको निर्वाचनबारे प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गर्ने भएका छन् । प्रधानमन्त्री दाहालले आफू संवैधानिक पदमा राष्ट्रिय सहमति कायम गरेर जानुपर्ने पक्षमा रहेको भनेकोले सभामुखको निर्वाचनबारे प्रधानमन्त्रीको राय लिने काँग्रेसको तयारी रहेको छ ।
अहिले केहीबेरमा सभापति देउवाले प्रधानमन्त्री दाहालसँग भेटेर वा फोनबाट भएपनि सभामुखको निर्वाचनबारे छलफल गर्ने बताईएको छ ।