November 13, 2026, Friday
२०८३ कार्तिक २८
1:37:26 pm

विमानस्थलको शौचालयमा काम गर्नेको सुविधा बढाइदिऊँ : मन्त्री सुदन किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले विमानस्थलका शौचालय सफा र त्यहाँ सेनेटरी प्याडलगायत राखिनुपर्नेमा जोड दिएका छन् । बिहीबार बिहान काठमाडौंस्थित विमानस्थलको अनुगमन गरी मन्त्री किराँतीले विमानस्थलको शौचालयले सन्देश दिने बताए ।

किराँतीले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयभित्र छिरेको मान्छेले जीन्दगीभर सम्झिन्छ । राम्रो गीत बजेको शौचालय र राम्रा फोटो देखिने शौचालयमा अझ बसुँबसुँ लाग्छ । शौचालयमा काम गर्नेको सुविधा बढाइदिऊँ, कामअनुसार ड्रेस पनि भएन ।’

शौचालय सफा अभियान सुरू गर्न लागिएको बताउदै मन्त्री किराँतीले विमानस्थलको शौचालय हेरेर स्थानीय तहले पनि राम्रो शौचालय बनाउन सक्ने बताए । किराँतीले स्थानीय तहका प्रमुख तथा उपप्रमुख विमानस्थल आउँदा सफा शौचालय देख्ने र आफ्नो ठाउँमा पनि त्यस्तै शौचालय बनाउने बताए । भाइरल भएको विद्युतीय भ¥याङबारे पनि मन्त्रीको ध्यानाकर्षण भएको थियो ।

Advertisement

उनले नीतिगत समस्या परे आफूले समाधान गर्न पहल गर्ने पनि बताए । उनले यात्रुका झोलाहरू हराउने र कैंचीले काट्नेजस्ता गुनासासमेत सुनिने गरेको बताएका थिए ।