November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रधानमन्त्री प्रचण्डले भेटे विमान दुर्घटनामा मृत्यु हुनेहरूको परिवार तथा आफन्तलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएकाहरूको परिवार तथा आफन्तसँग भेट गरेका छन् । बिहीवार बिहान शिक्षण अस्पताल पुगेर आफन्तलाई भेट गरी प्रधानमन्त्री प्रचण्डले शव पहिचानको काम छिटो हुने र परिवारलाई हस्तान्तरण गरिने बताए।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार शव पहिचानको स्थितिबारे जानकारी लिँदै शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न पनि भनेका छन् ।

प्रधानमन्त्रीले शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट चाहिने सहयोग माग्न पनि अस्पतालका पदाधिकारीलाई आग्रह गरेका छन् ।

Advertisement