November 13, 2026, Friday
२०८३ कार्तिक २८
1:37:26 pm

मिटरब्याजी समस्या समाधान गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि पहल गर्ने बताएका छन् । शुक्रबार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै प्रधानमन्त्री प्रचण्डले समाधानका लागि यथाशीघ्र पहल गर्ने बताएका हुन् ।

प्रधानमन्त्रीले अघिल्लो सरकारसँग भएको सम्झौता हेर्ने पनि बताए । मिटरब्याजी समस्याले हजारौँ किसानहरू पीडित भएको उल्लेख गर्दै यसपटक जसरी समस्या समाधान गर्ने कुरा आफ्नो प्राथमिकतामा रहेको प्रधानमन्त्रीले बताउ ।

प्रधानमन्त्रीसँग भेटमा किसानका प्रतिनिधिहरूले वर्तमान सरकार किसानको प्रतिनिधि सरकार भएकाले आफूहरूका समस्या समाधान हुने विश्वास व्यक्त गरेका थिए ।

Advertisement