November 9, 2026, Monday
२०८३ कार्तिक २३
1:37:26 pm

रास्वपाबाट इन्दिरा रानाले उपसभामुखमा उम्मेदवारी दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इन्दिरा रानालाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । शुक्रबार बिहान बसेको रास्वपा संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सत्तारुढ गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ । उनको प्रस्तावकको रुपमा सांसद सोबिता गौतम बस्ने भएकी छन् ।

समाजसेवी तथा अधिकारकर्मी समेत रहेकी इन्दिरा राना बन्दी सहायता नेपालको संस्थापक अध्यक्ष हुन्। उनले विशेष गरि बा-आमा जेलमा परेकाहरूको छोराछोरीको हेरचाह र शिक्षाका क्षेत्रमा सहयोग गर्दै आइरहेकी थिइन्। कोभिडका कारण भएको लकडाउनको समयमा उनले सडकमा रहेका व्यक्ति, बालबालिकाहरूलाई प्रत्येक दिन खाना खुवाउने गर्थिन् ।

Advertisement