November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

धरानमा सामान्य विवाद हुँदा खुकुरी प्रहार गरि छिमेकीको हत्या

धरान। खुकुरी प्रहार गरि हत्या गर्ने एकजनालाई प्रहरीले सुनसरीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-५ का ३५ बर्षीय (बिकास) भन्ने हर्क बहादुर राई रहेका छन्

बुधबार बिहान राईले छिमेकी ४९ बर्षीय कुमार बुडाथोकीलाई सामान्य बिवादका कारण खुकुरी प्रहार गर्दा बुढाथोकीको घटनास्थलमा नै मृत्यु भएको थियो भने स्थानिय ३५ बर्षीया गोमा खडकालाई समेत खुकुरी प्रहार गरी घाईते बनाएका थिए ।

घाईते गोमा खडकाको धरान घोपामा उपचार भईरहेको छ भने खुकुरी प्रहार गरी छिमेकीको हत्या गर्ने राईलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी थप अनुसन्धान गरीरहेको छ ।

Advertisement