काठमाडौं । पश्चिम नवलपरासीमा तीर्थालु सवार बस दुर्घटना भएको छ । दुर्घटनामा ४५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेहरूको जिल्ला अस्पताल परासी पठाइएको छ । घाइतेहरूमध्ये एकजनाको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-१ झरहीखोला नजिकै रमपुरवास्थित भित्री सडकखण्डमा त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेको युपी१६एफटी ७४६६ नम्बरको भारतीय बस दुर्घटना भएको हो ।
सब सडकबाट १० मिटर तल खस्दा ६० जनामध्ये ४५ जना भारतीय तीर्थालुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।