November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

माधव नेपाल गौर–पिपरा सडक निरीक्षणमा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर–पिपरा सडक खण्डको निरीक्षण गरेका छन् । गृहजिल्ला रौतहट पुगेका अध्यक्ष नेपालले बुधवार एकाबिहानै सडक विस्तारको निरीक्षण गरेका हुन् ।

अध्यक्ष नेपालले यस सडक खण्डलाई महत्व दिँदै आएका छन् । यतिबेला सडक विस्तारको काम चलिरहेको छ । निरीक्षणका क्रममा सडक विस्तारलाई तिव्रता दिन गुणस्तरीय र भरपर्दो काम गर्न निर्देशन दिएका छन् ।

मंगलबार गृहजिल्ला प्रस्थान गरेका अध्यक्ष नेपालले जिल्लामा भइरहेका अन्य विकास निर्माणको अवलोकन र निरीक्षण गर्दै आएका छन् । अध्यक्ष नेपालको दुई दिन रौतहटमै बस्ने कार्यक्रम रहेको छ ।

Advertisement