November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

गरेर खान चाहने सोझासाझाहरूका लागि देश बाँच्नै नसक्ने सीमासम्म पुगेको देखायो: सिके राउत

काठमाडौं । सत्तारुढ जनतम पार्टी अध्यक्ष चन्द्रकान्त राउत (सिके राउत)ले गरेर खान चाहने सोझासाझाहरूका लागि देश बाँच्नै नसक्ने सीमासम्म पुगेको देखाएको बताएका छन् । मंगलबार नयाँबानेश्वरस्थित संसद भवन अगाडि इलामका प्रेम आचार्यले आफ्नै शरीरमा आगो लगाइ गरेको आत्मदाह प्रकरणले सोझासाझाहरूका लागि देश बाँच्नै नसक्ने सीमासम्म पुगेको देखाएका बताएका हुन् ।

तारेक अल–तैयब मोहम्मद बौउजीजीको आत्महदाहले ल्याएको अरब क्रान्तिजस्तै नेपालमा क्रान्ति ल्याउने आशा गरेका उनले आफूहरुको राजनीतिमा भएको उदयले पनि केही आश जगाउन नसक्नु दुःखद भएको बताएका छन् ।

आचार्यको बुधबार बिहान उपचारका क्रममा बोर्न अस्पतालमा मृत्यु भएको छ । उद्यमी तथा व्यवसायी आचार्यले बेथितिको मारमा आफू उठ्नै नसक्ने गरी डुबेको भन्दै ‘सुसाइड नोट’ लेखेर आफ्नै शरीरमा आगो लगाएका थिए । उनको मृत्युसँगै अहिले सामाजिक संजालमा तरंग पैदा भएको छ ।

Advertisement