November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीको छापा, सञ्चालकसहित तीनजना पक्राउ

काठमाडौं। डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीले छापा मारेको छ । कन्सल्टेन्सीबाट सञ्चालक माधव पौडेलसहित ३ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार कन्सल्टेन्सीमा शिक्षा मन्त्रालय र विभागको नक्कली छाप र लेटरप्याड भेटिएको छ । विद्यार्थीहरूलाई विदेश पठाउन आवश्यक बैंक स्टेटमेन्ट समेत सो कन्सल्टेन्सीले नक्कली बनाउने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ ।

आरोपीहरूमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement