विराटनगर । नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचन फागुन २८ गते अगाडि नै हुनुपर्ने बताएका छन् । शनिबार नेपाल प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशन उदघाटन गर्दै नेता कोइरालाले कुनै पनि राष्ट्रपतिको निर्वाचन हालतमा सार्न नहुने बताएका हुन् ।
कोइरालाले निर्वाचन २८ पछि सारे देशमा अनिष्ट हुने बताए । उनले भने, ‘राष्ट्रपति निर्वाचन पछि धकेल्नका लागि इफ, बट आवस्यक छैन ।’
सभामुख र राष्ट्रपति एउटै पार्टीको हुँदा मुलुकमा बेथिति हुने बताउदै नेपाली काँग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने पनि बताए ।
अहिले नेपाली काँग्रेसको राजनीति कठिन अवस्थामा रहेको बताउदै नेता कोइरालाले सबैभन्दा ठुलो पार्टी बने पनि सरकार बनाउने अवसर गुमाएको बताए । यसअघि पनि काँग्रेसले एमाले र काँग्रेसको कारण सरकार चलाउने टिप्पणी गर्दै राजनीतिमा यस्ता घटनाहरू घटिरहने बताए ।
यसअघि नेता कोइरालले नेपालमा प्रेस स्वतन्त्रता भएतापनी कतिपय ठाउँमा अफ्ठ्यारो भएको बताए । यसमा बिस्तारै सिक्दै गर्दै लैजानुपर्ने उनको भनाइ थियो ।